समाचार

झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १४ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट झापा जिल्लामा थप १७ जनामा संक्रमण पुष्टि भएको छ ।कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राका अनुसार उक्त अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट आज बुधबार दिउँसो १७ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।

यसअघि देखिएका संक्रमितहरुको सम्पर्कमा आएका र भारतबाट आएकाहरुको स्वाब नमुना संकलन गरी विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । यो संगै झापामा कुल संक्रमितको संख्या ५४ जना पुगेको छ ।

आज संक्रमण पुष्टि भएकाहरु कचनकवल गाउँपालिकाका १५ जना र गौरदह नगरपालिकाका २ जना रहेका छन् ।

यो पनि:रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण

काठमाडौँ, १४ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट नेपालमा थप ३५ जनामा संक्रमण भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार बुधबार थप ३५ जनामा कोरोना संक्रमित फेला परेका हुन् ।

आज पुष्टि भएका गौरका ८ र गढीमाईका ७ , देवाहीगोनाही २ , ईशनाथका १६, कटहरिया नगरपालिकाका २ जना गरी ३५ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै भारतबाट आएका नेपालीहरु हुन् । यो संगै जिल्लाको विभिन्न स्थानका १०५ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो तीन दिनमा ८० जना भन्दाबढी संक्रमित रौतहटमा फेला परेपछि आइसोलेसन कक्षको अभाव देखिएको छ ।

लकडाउन सुरु भएपछि यता राेकिएका भारतीयहरुलाई नेपाली क्वारेन्टाइनमै राखेर स्वास्थ्य परीक्षण गर्ने र भारतमा भएका नेपालीलाई त्यहीँ क्वारेन्टाइन गर्ने नीति सरकारको थियो । तर, वैशाख ३० पछि भारतबाट आउने नेपालीलाई सीमानाका भएरै स्वदेश फर्किने व्यवस्था मिलाइएको छ ।

Related Articles

Back to top button
Close