समाचार

नेपालमा आजै थप ११४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- नेपालमा थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार कोरोनाभाइरस संक्रमितको संख्या ८८६ पुगेको छ। तीमध्ये अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने १८३ जना संक्रमित निको भएर घर फर्किएका छन्।

संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो समय नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको संख्या वृद्धि भइरहेको छ।

Related Articles

Back to top button
Close