समाचार

भर्खरै नारायणगढ–मुग्लिन सडकखण्ड बाट आयो दुखद खबर

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ।आज बिहान करिब ७ बजेको समयमा नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक ट्रक र काठमाडौँबाट वीरगञ्ज फर्कँदै गरेको ना८ख

१५५२ नंको टेलर एकापसमा ठोक्किँदा एक चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए।घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ।दुर्घटनाका कारण नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सामान लोड भएको ट्रकको अगाडिको भाग पुलमा झुण्डिएको अवस्थामा रहेकाले निकाल्नका लागि चितवनबाट क्रेन मगाइएको उनले बताए।(रासस)

Related Articles

Back to top button
Close