समाचार

Breaking: आज पनि एकैचोटी थपिए १५६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १०४२ पुग्यो

काठमाडौं, नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ । आज बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भए संगै नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देवकोटाकाले बताएका छन् । उनका अनुसार विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप १५६ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्।

दुलही लिन गएको छोराले न त घरमा दुलही ल्याए, न त आफू नै फर्किए

जाजरकोट र रुकुम पश्चिम — जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २० वर्षीय नवराज विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी एक युवतीबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो । क’थित द’लित स’मुदायका नवराज र ठकुरी स’मुदायकी ती युवतीको ‘जा’त’ नमिले पनि उनीहरु विवाह ब’न्धनमा बाँ’धिन चाहन्थे । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन चौरजहारी गए ।तर, नवराजले न त घरमा दुलही ल्याए, न त आफू नै घर फर्किए ।

केटीतिरका मान्छेहरुको आ’क्रमणमा परेर उनको ज्यान गुम्यो । उनलाई साथ दिनको लागि सँगै गएका चौरजहारीका टीकाराम सुनार र रानागाउँका गणेश बुढा मगरको पनि मृ’त्यु भयो । अन्य तीनजना सन्दिप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बे’पत्ता छन् ।‘हाम्रो जा’तभात मिल्दैन, पहिले पनि तिमी लिन जाँदा उनीहरुले अ’पहेलना गरेका थिए । न’ल्याऊ बाबु भनेर सम्झाएकै थियौं,’ सोमबार नवराजकी आमा उर्मिलाले भनिन्, ‘भनेको मानेन, अहिले यो अवस्था देख्नुपर्‍यो ।’ माथिल्लो जा’तकी छोरीलाई बु’हारीको रुपमा घरमा भि’त्र्याउँदा अ’पहेलित हुन डरले त्यसो नगर्न सम्झाउने गरेको उनले बताइन् ।

Related Articles

Back to top button
Close