समाचार

भारतबाट फर्कने क्रममा मृ,,त्यु भएका अर्घाखाँचीका यु,वा कोरोना भएको पुष्टि

कपिलवस्तु — भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा बाटोमा मृ त्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ का युवामा कोरोना सं क्रमण पु ष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बिहीबार गरिएको पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

उनको शवसँग हेलमेल भएका ९ जनाको स्वाबको रिपोर्ट भने अझै नआएको उनले बताए । ती युवाको जेठ १० गते राति लखनउ आसपास मृ त्यु भएको थियो । उनको शव अर्घाखाँची लगेर सदगद गरिएको थियो ।

उनले लखनउबाट बस हिँड्दा आफूलाई छटपटी भएको साथीलाई बताएका थिए । त्यसपछि छा ति दुख्यो भन्दै वा न्ता गरेका उनी बसमै ढलेको उनका भतिजको भनाई उद्धृत गर्दै ईप्रका कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले बताए ।

उनको बसमै मृ त्यु भएपछि शवलाई बसमै ल्याइएको थियो । आइतबार दिउसो उनीहरु सिर्सिहवा नाका हुँदै नेपाल भित्रिएका थिए । श वलाई कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा बजार बढनीबाट नेपाल ल्याएको थियो ।

Ekantipur बाट साभार

Related Articles

Back to top button
Close