समाचार

यी बलिउड अभिनेताको मोदीलाइ गतिलो सबक ‘नेपाल दक्षिण एशियाकै पहिलो स्वतन्त्र देश, भारतलाई ब्रिटिसले बनाइदिएका हुन्’

बलिउड अभिनेता, लेखक तथा प्रोड्युसर कमाल रसिद खानले नेपालबारे नयाँ जानकारी पाउँदा आफू आश्चर्यमा परेको बताएका छन् ।उनले, ‘नेपाल दक्षिण एशियाकै पहिलो स्वतन्त्र र बुद्ध जन्मिएको देश भएको थाहा पाउँदा आफुलाई अनौठो लागेको ’ ट्वीटरमा लेखेका छन् । उनले भारत धेरै साना राज्यमा विभाजित रहेको र बेलायतीहरुले ती सबैलाई एकजुट गराएर एकीकृत भारत बनाएको पनि लेखेका छन् । ‘त्यसैले खासमा बेलायतहरुले भारत बनाएका हुन्’ ट्वीटरमा लेखिएको छ ।

अधिकांश प्रयोगकर्ताहरुले कमाल खानले इमानदार भएर तथ्य लेखेको प्रतिक्रिया दिएका छन् । केही प्रयोगकर्ताले अन्य व्यक्तिहरुले झुठा तथ्य लेखेको भन्दै व्यङ्ग्य समेत गरेका छन् ।

शरद् नामका एक प्रयोगकर्ताले लेखेका छन् – यो सबै जान्नका लागि स्कुल जानुपथ्र्यो, सर । तपाईलाई यो सबै थाहा पाउन यति धेरै उमेर लाग्यो । केही छैन, पढ्न र सिक्नका लागि कुनै उमेर हुँदैन । त्यसो त ३ खानलाई यति पनि थाहा छैन ।’

कतिपय प्रयोगकर्ताले भने कमाल खानलाई इतिहास थाहा नभएको टिप्पणी पनि गरेका छन् । नेपाली प्रयोगकर्ता कमालको प्रशंशा गरिरहदाँ भारतीय प्रयोगकर्ता भने कोही कमालको पक्षमा छन् त कसैले गलत लेखेको भन्दै विरोध गरेका छन् ।

कमाल रसिद खानले सन् २००८ मा प्रदर्शनमा आएको देशद्रोही फिल्ममा मुख्य भूमिका निभाएका थिए । यस फिल्मका लेखक तथा निर्मार्ता पनि उनी आफैं हुन् । त्यस्तै २०१४ मा प्रदर्शनमा आएको ‘एक भिलेन’ फिल्ममा उनी अतिथी कलाकार थिए । उनले यसबाहेक सितम, मुन्ना पाण्डे बेरोजगार लगायत फिल्म समेत निर्माण गरेका छन् । २००९ मा बिग बोस सिजन ३ मा उनी सेलिब्रेटी कन्टेस्टेन्टका रुपमा देखिएका थिए ।

Related Articles

Back to top button
Close