समाचार

Breaking : भूकम्पको धक्का महशुस

१७ जेष्ठ २०७७, शनिबार काठमाडौं, धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रेक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे ।भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो । भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको उनले स्पष्ट पारे । भूकम्पको धक्का काठमाडौं, नुवाकोट , मकवानापुर लगायतको जिल्लाहरुमा समेत महशुस गरिएको थियो ।

नेपालमा ४ म्याग्निच्यूडसम्मका भूकम्पको धक्का निरन्तर महसुस हुने गरेको छ। गोरखा केन्द्रबिन्दु भएर २०७२ सालमा गएको भूकम्पपछि नेपालमा सानातिना परकम्प अझै पनि रोकिएका छैनन्। शनिबारको भूकम्पको धक्का काठमाडौं नजिकै केंद्रबिन्दु भएकाले उपत्यकामा समेत पनि महसुस भएकोबताइएको छ ।

Related Articles

Back to top button
Close