समाचार

नेपालसँगको सीमा विवादबारे भाजपाकै चर्चित नेताले दिए मोदीलाई यस्तो चेतावनी

काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का हिन्दुवादी नेताले नेपालसँग कुरा गर्नुपर्ने बताएका छन् । भारतको राज्य सभाका सासंद तथा भारतीय जनता पार्टीका राष्ट्रिय कार्यपालिका सदस्य सुब्रमनियन स्वामीले विदेश मन्त्रालयका कूटनीतिज्ञहरूले नेपाली समकक्षीसँग मिठो भाषा प्रयोग गर्नु पर्ने उल्लेख गरेका हुन् ।

उनको आशय भारतले नेपाललाई पाकिस्तान, चीन लगायत छिमेकीसँग गरिरहेको व्यवहार गर्नुहुँदैन । शुक्रबार ट्वीट गर्दै यस्तो जानकारी दिएका हुन् । उनले लेखेका छन, ‘प्रधानमन्त्रीले विदेश मन्त्रालयका कूटनीतिज्ञहरूलाई नेपाली समकक्षीहरूसँग मिठो भाषा प्रयोग गर्न भन्नुपर्छ । नेपाल हाम्रो रगतको नाता भएको भाइ हो र ऊ कलिलो छ ।

यदि नेपालीहरूले आफूलाई छुट्याइएको महशुस गर्छन् भने हामीले छाती फराकिलो पारेर त्यसलाई बुझ्नुपर्छ र उनीहरूको त्यो भावनालाई शान्त बनाउनु पर्छ।’ कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर दुई देश बीचको तनाव उत्कर्षमा पुगेको छ । भारतले एक पक्षीय रूपमा नेपाली भूमिमा सडक बनाएको भन्दै नेपालमा पछिल्लो समय चर्को विरोध पनि भइरहेको छ ।

सरकारले लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सासमेत जारी गरेको गरिसकेको छ । उक्त नक्सा प्रचलनमा ल्याउन संविधानको निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रक्रिया सुरू गरिएको छ । यो समस्या समाधान गर्न नेपालले पटकपटक वार्ताका लागि अनुरोध गर्दै आएपनि भारतले विभिन्न बहाना बनाएर भाग्न खोज्छ ।

अहिले भारत कोरोना महामारीलाई सहारा बनाइरहेको छ । उनले नेपाल र भातबीच तनाब हुँदा पाकिस्तान खुःशी भएको पनि बयान दिएका छन् । उनका अनुसार नेपालसँग भारतको सम्बन्ध खराब हुँदा पाकिस्तानी खुफिया एजेन्सी आइएसआईजस्ता धेरै संगठनहरुले भारत विरोधी गतिविधि गैरकानुनी रुपमा गर्न नेपाल–भारत सीमा भरपुर उपयोग गर्न सक्छन् ।

यस कुरालाई ध्यानमा राखेर भारतले नेपालसँग तत्काल समस्या समाधान गर्नुपर्ने उनको तर्क रहेको छ । पूर्वमन्त्री समेत रहेका स्वामीसँग एकजना भारतीयले भने, ‘नेपालीहरू तपाईका भाइहरू होइनन्, तिनीहरू चिनियाँ भाईहरू हुन् ।

उनीहरूको अनुहार चिनियाँसँग मेल खान्छ, तपाँईसँग होईन ।’ यस्को जवाफमा उनले लेखेका छन, ‘अनुहारसँग यस्को केही सम्बन्ध छैन । कुरा मौसममको हो ।’ उनले नेपाल–भारत दुबै देशहरुमा बहुसंख्यक हिन्दुहरु भएको बताउँदै एक परिवारजस्तै भएको बताएको भनेका छन् ।

Related Articles

Back to top button
Close