समाचार

पास लिएर होटेलमा जुवा, बैंक सञ्चालकसहित ९ व्यापारी पक्राउ

काठमाडौं । लकडाउनको समयमा क्यासिनो शैलीमा होटेलमा जुवा खेलिरहेका नौ व्यापारी कमलादीस्थित एक होटलबाट पक्राउ परेका छन् । कमलादीस्थित गगौंर बुटिक होटेलमा जुवा खेलिरहेका उनीहरुलाई २ लाख ७७ हजार ७२० रुपैयाँसहित सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

होटेल सञ्चालक भारतीय निक्की जोगाईसहित ९ जना व्यापारीलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहालले बताए । पक्राउ पर्नेहरूमा नन्दकिशोर शर्मा, पुरुषोत्तमकुमार अग्रवाल, विमल खेतान, विमल अहोजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, गोविन्दराम सरिया र अशोककुमार अग्रवाल रहेको डिएसपी रञ्जन दाहाल जानकारी दिनुभयो।

उनीसँग दुई लाख ७७ हजार सात सय २० रुपैयाँ नगद र एक सय ७९ वटा चिप्स बरामद भएको छ । उनीहरूले तास खेलिरहेको चिप्समार्फत हिसाब गरेकाले ठूलो परिमाणमा हारजित भएको प्रहरी अनुमान छ । क्वाइन राखेर खेलाइएका कारण जुवा खाल ठूलो भएको अनुमान प्ररहीको छ । प्रहरीले जुवा खोलाएको कोठा शिल गर्नुका साथै उनीहरुले चढेका सवारी साधन पनि नियन्त्रणमा लिइएको छ । डिएसपी दाहालका अनुसार लकडाउनमा गाडी चलाउने पाससमेत फेला परेको छ । होटेल सञ्चालक निक्कीले लकडाउनमा पनि होटेलमा जुवा खेलाउँदै आएको खुलेको छ ।

Related Articles

Back to top button
Close