समाचार

मेरी आमा परियार भएकोले बुबाले गाउँ नै छोड्नु पर्यो : गायक यश कुमार

काठमाडौ / गायक यश कुमारले अहिले जाजरकोटमा जातीय विवेदका कारण भएको दुर्घटनाको विषयमा केन्द्रित हुँदै अहिले समाजमा जात नै ठूलो पर्खाल बनेको निष्कर्ष दिएका छन् ।

यश कुमार आफूले समेत जातीय विवेधका कारण संघर्ष गर्नुपरेको बताएका छन् । अन्तरजातीय विवाह गरेका यश कुमारले आफ्नो संघर्ष बुबाको विवाह पश्चात सुरु भएको बताउछन । “मेरो बुबा ब्राहमण अर्थात् नेपाल थरका हुन् भने आमा परियार अर्थात् दलित समुदायबाट र वहाँहरुको विवाहबाट सुरु भयो अन्तरजातीय संघर्षको कथा । बुबाले परियारकि छोरीसंग विवाह गरेकै कारण गाउँ छोडेर जानु समेत परेको थियो । मेरो बुबाले त्यतिबेला जनै फालेर गाउँ (काभ्रे) छाडेर सर्लाही जानु भएको हो । म सर्लाही मै जन्मिएको हुँ । ”

यश कुमारको नागरिकतामा सुरेश कुमार नेपाल परियार नाम लेखिएको छ । नागरिकता बनाउने बेला उनलाई परियार नलेखेर नेपाल मात्र लेख्न समेत सुझाव दिएका थिए तर उनले आफ्नो आमाको थर समेत राख्ने भनेर बुवा र आमा दुवैको थर सहित दर्ता गराए । लामो नै हुने भएपनि नेपाल र परियार दुवै थर राखेर आफ्नो नाम नागरिकतामा लेखाए । जातीय विवादबाट बाहिरिनु पर्ने समाज कल्पना गर्दै यशले आफूलाई जात भन्दा मान्छे भएर चिनाउन आफ्नो थर लेख्न छोडेका हुन् ।

यश कुमारले समेत अन्तरजातीय विवाह गरेका हुन् । यशले आफ्नो प्रेमिका रीना शाहीसंग अन्तरजातीय विवाह गरेका हुन् । आफूले अन्तरजातीय विवाह गरेपनि आफुहरुले त्यत्ति धेरै संघर्ष गर्नुनपरेको उनको भनाई छ । “बुबा आमाको संघर्ष जस्तो हाम्रो विवाहमा संघर्ष भएन तर समाजमा भने जातीय विवेद र अन्तरजातीय विवाहका कारण देखिएको घटनाहरुले ठूलो दुर्घटना हुने संकेत देख्छु । त्यसैले मैले आफ्नो कलाबाट यस कुरालाई उठाउने गरेकोछु ।”

– तस्बिरमा फेेसबुकबाट

Related Articles

Back to top button
Close