समाचार

दुखद खबर। पहीलो उडान मै युएईबाट एकजना नेपालीको शव काठमाडौं आइपुग्यो

काठमाडौं : युनाइटेड अरब इमिरेट्स (यूएई) को एयर अरेबियाको जहाज ५:४० बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको छ। १६८ नेपाली यात्रु र एकजना बच्चा गरी १६९ लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

उक्त विमानबाट एक जना नेपालीको शवपनि नेपाल ल्याइएको छ।यूएईबाट नेपालआएकासबै नेपाली यात्रुहरुले कोरोनाको पोलिमरेजचेनरियाक्शन(पीसीआर)

जाँचको प्रमाणपत्र लिएर आएको बताइएको छ।नेपाल भित्रिनका लागि सबैभन्दा पहिलोस्वास्थ्य मापदण्ड अन्तरगत पीसीआर जाँच प्रमाणपत्रलाई लिइएको छ। उनीहरुलाई काठमाडौंको ३ वटा होल्डिङ सेन्टरमध्ये कुनमा लैजाने भन्ने एकिन भइनसके को नेपाली सेनाका प्रवक्ता डा विज्ञानदेव पाण्डेले जानका री दिए।यसअघि म्यानमारबाट ल्याएका २६ जना नेपालीलाई वसुन्धारास्थित यति पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखि क्वारेन्टाइन मा अपनाउनुपर्ने उपायहरुको सामान्य जानकारी दिई होमक्वारेन्टाइनका लागि पठाइएको बताइएको छ।

नेपालमा कोरोना भाइरस संक्रमित ३३३ जना डिस्चार्ज

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार थप एकजनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरे।यसअघि कोरोनाकै कारण १०जनाको मृत्यु भएको र शुक्रबार एक थपिएसँगै ११ जना पुगेको उनको प्रष्ट पारे। बिहीबार मृत्यु भएका सुर्खेतको पञ्चपुरीका २८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। जेठ ८ गते भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसेका उनको आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर गएका थिए।घर पुगे लगत्तै उनको मृत्यु भएको र पीसीआर परीक्षण गर्दा

रिपोर्ट पोजिटिभ आएको प्रवक्तादेवकोटाले जानकारी दिए। बिहीबार एकै दिन २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार शुक्रबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ९ सय १२ पुगेको हो। बिहीबार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ।शुक्रबार पीसीआर विधिबाट ८८ हजार तीन सय ६६ र आरडीटी विधिबाट एक लाख ३२ हजार ९ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार दुई सय ३२ र आरडीटी विधिबाट सात हजार चार सय २ जनाको नमुना परीक्षण गरिएको छ।

Related Articles

Back to top button
Close