समाचार

धनगढीबाट आयो यस्तो डरलाग्दो खबर, मलामी गएकाहरु खोज्दै प्र,हरी

काठमाडौं । कोरोना महामारी बढ्दै गएपछि नेपालमा एक डरलाग्दो घटना घटेको छ । सेती प्रादेशिक अस्पतालमा डायलसिसका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि मलामी जानेको खोजी भइरहेको छ । धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको शुक्रबार राति डायलसिसका क्रममा मृत्यु भएको थियो ।

संक्रमण पुष्टि हुनुअघि नै ती महिलाको स्थानीय मोहना नदीमा दाहसंस्कार गरिएको थियो । आज मात्रै ती महिलामा कोरोना पुष्टि भएको थियो । उनी शुक्रबार नै डायलसिस गराउन अस्पताल भर्ना भएकी थिइन् । अस्पताल प्रशासनका अनुसार मृतक महिलाको आरडीटी नेगिटिभ आएको थियो । यसअघि उनी नेपालगन्ज र काठमाडौंमा डायलसिस गराउँदै आएको खुलासा भएको छ ।

मृत्युपछिमात्रै स्वाब संकलन गरी परीक्षण गरिएको थियो । ती महिलामा संक्रमण पुष्टि भएपछि अस्पतालको उक्त वार्ड सिल गरिएको जानकारी दिइएको छ । जिल्ला जनस्वास्थय कार्यालयका निमित्त प्रमुख ललितबहादुर धामीले मलाली गएकाहरुको खोजी भइरहेको बताउनुभयो । उनले मलाली गएका सबैलाई सम्पर्कमा आउन सम्बन्धित वडाध्यक्ष र आफन्तलाई जानकारी गराइएको छ ।

अब डर यो छ कि कोरोना संक्रमितहरुको अन्तिम संस्कार गर्दा आवश्यक सर्तकता अपनाउँनुपर्छ । तर ति महिलाको दाहसंस्कार कोरोना रिर्पोट आउँनु भन्दा पहिले भएको हुँदा स्थानीयले आवश्यक सावधानि नअपनाएको विश्वास गर्न सकिन्छ । उनीहरुले परिवारमा अन्य सहस्यहरुसँग पनि भेटघाट गरेको हुनसक्ने भएको हुँदा यो थप डरलाग्दो विषय बनेको हो ।

Related Articles

Back to top button
Close