समाचार

३ करोड नेपालीकै मन रुवाउने ,गरिबीले यस्तो सम्म गर्यो आमाको का’जकि’रिया बाटोको प्रतिक्षालयमा गर्दै(भिडियो

काठमाडौं । लकडाउनका कारण धेरै नेपालीको जनजिवन प्रभावित भएको छ । धेरैले खान पाएका छैनन्, धेरेको सडकमा बास भएको छ । काठमाडौमै भएको एउटा घटनाले भने मन नै रुवाउँछ । झण्डै वृद्ध हुन लागेका छोरा आफ्नी आमालाई सम्झेर धरधरी रोएका छन् । सडकको किनारमा बनाइएको प्रतिक्षालयमा उनी सेतो कपडा लगाएर बसेका छन् ।

आमाको अन्तिम पटक अनुहार पनि हेर्न नपाएका उनी आमाको १३ दिनको संस्कार गर्न एउछा छानो पनि पाएनन् ।मुगु, को लुम्जा रारानगर गाउँपालिकाका जंग बुढा काठमाडौंमा ज्यामी काम गरेर बस्छन् । घरमा एउटा भाइ छन् । वृद्ध भएकी आमा थिइन् । एक वर्ष अघि उनले आफ्नो वृद्ध आमालाई अन्तिम पटक भेटेका थिए । एक घण्टाका लागि मात्र भेट हुँदा ति वृद्ध आमाले अब तँ फेरी कहिले आउने होस् अब तँ आउँदा म त जिउँदो हुन्न होला भनेकी थिइन् ।

नभन्दै त्यस्तै भयो । अहिले उनी आमालाई सम्झेर रोइरहन्छन् । आमाले भनेकै जस्तै भयो, उनले रुँदै भने, अब तँ आउँदा म त हुन्न होला मरिजान्छु तैले भेट्न पाउँदैनस् भन्नु भएको थियो । नभन्दै त्यस्ते भयो ।उनी ६ वर्ष देखि काठमाडौंमा बस्दै आएका छन् । मजदुरी गरेर बौद्धको एउटा घरमा भाडामा बस्दै आएका उनी आमाको किरिया पनि भाडामा बसेको घरमा बस्न पाएनन् । श्रीमतीको मृगौला फेल भएका कारण ६ वर्ष देखि डायलोसिस गर्दै आएका छन् ।

त्यसैले उनी ६ वर्ष देखि काठमाडौंमा बस्दै आएका छन् । एका तिर वृद्ध आमा अर्को तिर श्रीमती बिरामी उनको मन बाँडियो । श्रीमतीको उपचारका लागि उनी काठमाडौं आए । श्रीमतीको डायलसिस गराँउँदै आएका छन् । आफुहरु बस्ने बौद्ध धर्मावलम्बी भएका कारण घरमा किरिया गर्न दिएनन त्यही भएर आमाको किरियाका कारण उनी पाटीमा आएर गर्न बाध्य भए ।चार छोराछोरीका बुवा उनी आर्थिक रुपले सबैको आवश्यकता पुरा गर्न सक्दैनन् ।

पढाउन नसकेका कारण छोराछोरीले पनि मजदुरीकै काम गर्छन । ज्यामी काम गरेर परिवार पाल्दै आएका कारण उनको आर्थिक अवस्था पनि कमजोर छ । प्रतिक्षालयमा आमाको किरियामा बसेका उनी आमाको अन्तिम आवाज सम्झेर धरधरी रोएका छन् । यसरी वस्दा कसैले सहयोग गर्न पनि आएका छैनन् । एक जना गायीका चामल र चिनी लिएर आएको भए पनि अरु कोही नआएको बताएका छन् ।

Related Articles

Back to top button
Close