समाचार

१० ह,जारले महँ,गियाे सुन, सुन चाँ,दीमा लगानी गर्नेहरु मा,लामाल

काठमाडौं । सुनकाे भाउ १० हजारभन्दा बढी महँ,गाे भएकाे छ । लकडाउनपछि पहिलाेपटक ताेकिएकाे मूल्य अनुसार छापावाला सुनकाे मूल्य प्रतिताेला ८७ हजार ४ सय रुपैयाँ पुगेकाे हाे । त्यस्तै, तेजाबी सुनकाे ८६ हजार ९ सय ६० रुपैयाँ तथा चाँदीकाे मूल्य ९ सय २५ रुपैयाँ पुगेकाे हाे ।

लकडाउनअघि चैत १० गते सुनकाे मूल्य ७७ हजार रुपैयाँ तथा चाँ,दीकाे मूल्य प्रतिताेला ७ सय २० रुपैयाँ थियाे । याे हिसाबले साढे २ महिनामा सुन करिब १३ प्रतिशत र चाँदी करिब २२ प्रतिशतले बढेकाे हाे ।

किन बढ्याे भाउ ?

सुनकाे भाउ अन्तर्राष्ट्रिय बजारमा सुनकाे भाउ, स्थानीय मुद्रासँग डलरकाे विनिमय दर तथा स्थानीय भन्सार दर लगायतले निर्धारित हुन्छ ।

याे वर्ष सुनमा प्रतिताेला २ हजार ५ सय रुपैंया भन्सार दर थप भएकाे छ । त्यस्तै अन्तराष्ट्रिय बजारमा सुनकाे भाउ बढेकाे छ भने नेपाली रुपैंया डलरकाे तुलनामा थप कमजाेर भएकाे छ । त्यसैले गर्दा याे मूल्य बढेकाे हाे ।

अहिले सरकारले प्रतिदिन १० किलाेभन्दा बढी सुन आयात गर्न नपाउने व्यवस्था समेत गरेकाे छ । सप्लाईमा कमी आउनाकाे कारणले बजारमा सुनकाे अभाव देखिने सम्भावना समेत छ । यद्यपि सुनकाे भाउ बजारले नताेक्ने भएकाेले यसकाे असर बजारमा भने प्रत्यक्ष रुपले पर्दैन ।

चाँदीमा पनि भन्सार र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाे छ । यद्यपि यसकाे आयातमा काेटा ताेकिएकाे छैन । तर यसकाे भाउ सुनभन्दा धेरै दरमा बढेकाे हाे । यसअघि सुनचाँदीमा लगानी गर्नेहरु भने यसबीचमा राम्राे नाफा गर्न सफल भएका छन् ।

Related Articles

Back to top button
Close