रुकुम काण्डको बारेमा बोलेको भन्दै , जहाँ भेट्यो त्यहीँ एसिड हाल्ने धम्की ( भिडियो सहित )
जेठ २६- रुकुम घटनाको बिशयमा बोलेको भन्दै एक महिलालाई धम्की दिएर जहाँ भेट्यो त्यहीँ एसिड हान्ने जस्ता म्यासेज आएको भन्दै एक महिला मिडियामा आएकी छिन। देशै भरी यो घटनाको आवाज उठेको समयमा उक्त महिलाले पनि यो बिशयमा आफुले बोल्दा धम्की आएको भन्दै मिडियामा आएकी छिन। जुन तल भिडियोमा हेर्न सक्नु हुनेछ।
कडा कामकारबाहीको माग
अन्तरजातीय विवाहको निहुँमा पश्चिम रुकुमको चौरजहारी नगरपालिका सोती गाउँमा भएको मानवीय नरसंहारमा संलग्न दोषीलाई कडा कारवाही गर्न संयुक्त दलित समिति बौदीकाली र गाउँपालिकामा कार्यरत सम्पूर्ण दलित उत्पीडित वर्गका संघसंस्थाहरुले माग गरेका छन् ।
बौदीकाली गाउँपालिका अध्यक्ष दुर्गाबहादुर राना मार्फत् नेपाल सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् । दलित उत्पीडित वर्ग उत्थान समिति बौदीकाली गाउँपालिका अध्यक्ष विष्णुबहादुर बस्याल, दलित उत्थान मञ्च बौदीकाली ४ रुचाङका उपाध्यक्ष गमबहादुर विश्वकर्मा, विश्वकर्मा समाज बौदीकाली–२ डेढगाउँका अध्यक्ष वीरबहादुर विश्वकर्मा, दलित जातीय मूक्ति समाज बौदीकाली गाउँपालिका विभाग
प्रमुख पदमबहादुर विश्वकर्मा र नेपाल दलित संघ बौदीकाली गाउँपालिका प्रतिनिधि ताराबहादुर विकद्वारा हस्ताक्षर गरी संयुक्तरुपमा बुझाइएको ज्ञापनपत्रमा जेठ १० गते भएको उक्त अमानविय घटनाप्रति दुःख व्यक्त गर्दै सो घटनाप्रति हाल पीडित पक्षलाई नै दोष लगाउने किसिमले विभिन्न टिकाटिप्पणी हुँदै आएकाले उक्त घटना चरम जातीय विभेदकारी मानसिकताको उपज रहेकोमा कुनै शंका नरहेको उल्लेख गरिएको छ ।