समाचार

चिनिया से,नाले ग्यालवन सिटी क,ब्जा गर्यो !भारतको बार्ता प्रयास अ,सफल

काठमाडौं। भारत र चीनबीच भएको सैनिक कमाण्डर स्तरीय वार्तामा चिनियाँ सेनाले ग्यालवन उपत्यकाबाट पछि हट्न अस्वीकार गरेको छ । द वायरले स्रोतको हवाला दिँदै लेखेको माचार अनुसार भारतीय पक्षले ग्यालवन उपत्यकाबाट पछि हट्न चीनलाई आग्रह गरेकोमा चीनले सिधै अस्वीकार गरेको छ ।

द वायरले स्रोतका साथै यसलाई पुष्टि गर्न लाइन अफ एक्चुकल कन्ट्रोलका केही तस्वीरहरुलाई पनि आधार बनाएको छ । संयुक्त बैठकमा दुई पक्षले सीमा विवाद भएका ५ क्षेत्रको पहिचान गरेको पनि बताइएको छ । तर, भारतीय पक्षले जारी गरेको वक्तव्यमा उल्लेख गरिएका ती ५ क्षेत्रमा ग्याल्वन उपत्यकाको बारेमा केही उल्लेख छैन । यहाँ चिनियाँ सेना भारी हतियारसहित बसेको बताइएको छ ।

यो उपत्यका लाइन अफ एक्चुअल कन्ट्रोलमा पर्ने र यसअघि चीन र भारत दुवै तर्फका सेनाले यहाँ गस्ती गर्ने गरेको भए पनि अहिले यो पूरै क्षेत्र चीनले आफ्नो नियन्त्रणमा लिएको छ । गत मे महिनादेखि यो क्षेत्र चीनको नियन्त्रणमा छ । भारतले यस क्षेत्रमा चीनलाई अप्रिलसम्मकै अवस्थामा पछि हट्न आग्रह गरे पनि चीनले अस्वीकार गरेको हो । स्रोतका अनुसार चीनले सैनिक कमाण्डरस्तरीय वार्तामा यस विषयमा कुरा गर्न समेत मानेको थिएन ।

Related Articles

Back to top button
Close