समाचार
भक्तपुरमा सडकमा बगेको पानीले ट्रक चालकलाई बगाएर बेपत्ता बनायो
भक्तपुर, २८ जेठ । भक्तपुरको चुनदेवीमा सडकमा बगेको पानीले एलपी ट्रकका चालकलाई बगाएर बेपत्ता बनाएको छ । भक्तपुरमा आज दिउँसो करिव आधा घण्टा परेको मुसलधारे बर्षाले सो स्थानमा बाटो पूरै जलमग्न भएको थियो ।
बेपत्ता ना ६ ख १६१६ नम्वरको एलपी ट्रकका चालक सिन्धुली रानीचुरी घर भै हाल मकवानपुर हेटौडा लामसुरे बस्ने बर्ष ५७ को नरबहादुर रावत भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत दीपक गिरीले बताउनुभयो ।