समाचार

भर्खरै मन्त्री परिषदको निर्णय : भोलिदेखी पसल खोल्न दिने र निजी सवारीसाधन जोरबिजोरको आधारमा चलाउन दिने

सकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।

एसईई परीक्षा खारेज, विद्यालयकै मूल्यांकनलाई मान्यता दिइने

काठमाडौं । यस पटकको एसईई परीक्षा खारेज भएको छ । कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अन्योलमा परेको एसईई परीक्षा सरकारले खारेज गरेको हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले एसईई परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ ।

एसईई खारेज भएपछि विद्यालयकै मूल्यांकलनलाई मान्यता दिइने भएको छ । करिब ३ महिनादेखि अन्योल अवस्थामा रहेको एसईई परीक्षा यस पटकलाई खारेज गरी विद्यालयले मूल्यांकनलाई मान्यता दिन मन्त्रिपरिषद् बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रस्ताव लग्नु भएकाे थियो । मन्त्री पोखरेलले गर्नु भएको प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको हो ।

गएको चैत ६ गतेदेखि शुरु हुने भनिएको एसईई परीक्षा कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अचानक स्थगित भएको थियो । सरकारले जाँच शुरु हुनु अघिल्लो साँझ परीक्षा अनिश्चितकलको लागि रद्ध गर्ने निर्णय गरेको थियो ।

Related Articles

Back to top button
Close