समाचार

Breaking: नेपालमा आज थप ४५१ जनालाई कोरोना पुष्टि, संक्रमितको संख्या ६२११ पुग्यो

काठमान्डौ । नेपालमा पछिलो २४ घन्टामा थप ४५१ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुगेको उनले बताए । प्रबक्ता गौतमका अनुसार पछिलो २४ घन्टामा ६७ जना कोरोना जितेर घर फर्किएको उनले बताए ।आज सम्म कोरोनालाई जित्ने १०४१ जना रहेका छन ।

ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज

काठमाडौँ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज गरेको छ ।उच्चस्तरीय समिति खारेज गरेर समितिले गर्दै आएका कामहरु कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) लाई दिने निर्णय गरेको छ ।‘कोरोनासँग सम्बन्धित सबै काम एउटै सेन्टरबाट गर्दा प्रभावकारी हुने देखियो । त्यही भएर समिति खारेज गर्ने र उसले गर्दै आएका काम सीसीएमसीले गर्ने निर्णय भएको छ’, बालुवाटार उच्च स्रोतले भन्यो, ‘माइन्युट हुन बाँकी छ तर खारेज भए बराबर हो ।’

Related Articles

Back to top button
Close