समाचार

बस्ती खाली गर्न भारतीय सुरक्षाकर्मीको दबाब: मुसहर समुदाय चिन्तित

वद्यानन्द राम
राजविराज । भारतीय सुर,क्षाकर्मीले बस्ती खाली गर्न दबाब दिन थालेपछि छिन्नमस्ता गाउँपालिका–३ मनसुकी टोलका मुसहर समुदाय चि,न्तित बनेका छन् । चार पुस्तादेखि सीमा क्षेत्रमा बसोबास गर्दै आएका मनसुकी टोलका ७५ परिवारका करिब ३ सय मुसहर घरबिहिन हुने चिन्ता,मा परेका हुन् ।

सीमासँगै जोडिएको म,नसुकी टोलमै ज,न्मिएर हुर्किएर वृद्ध भएका विनोद सदालाई काल नआएसम्म टोलमै बसेर नेपाली भुमि र समुदायको र,क्षा गर्ने इच्छा थियो । तर भारतीय सुरक्षाकर्मीको दबाबले यति बेला उनी पनि चिन्तामा डुबेका छन् । विनोदसहित मनसुकी टोलमा ७५ परिवार मुसहर समुदाय चार पुस्तादेखि बसोवास गर्दे आएका छन् ।

केही समयदेखि बस्ती खाली गर्न भारतीय सुर,क्षाकर्मीले पटक पटक दबाब दिँदै आएकोमा यतिवेला जेसिवी लगाएर बस्ती भत्काइदिने धम्की नै दिन थालेपछि उनीहरु चिन्तित बनेका हुन् । मुसहर समुदायले आफूहरुलाई उठिबास हुनबाट बचाइदिन सम्बन्धित सबै पक्षसँग आग्रह समेत गर्दै आएका छन् ।

Related Articles

Back to top button
Close