समाचार

क्वा,रेन्टा,इनमा खाना खाएर ए,क्कासी छाती दु,ख्यो भनेर ढ,लेका व्यक्तिको मृ,त्यु

काठमाडौं । कोरोना संक्रममणको आशंकामा क्वारेन्टाइन बसेका एक जनाको मृ,त्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–७ स्थित क्वारे,नटाइनमा बसेका एकजनाको मृ,त्यु भएको हो । १३ दिनअघि भारतको गढवालबाट आएका ५० वर्षीय पुरुषको ज्यान गएको हो । उनको आज बिहान मृ,त्यु भएको मेयर हस्त पुनले जानकारी दिनुभयो । सोमबार बिहान आफैले खाना पकाएर खाएका ती व्यक्ति एक्कासी छाती दु,ख्यो भनेर पल्टिएका थिए । त्यतिकैमा उनको मृ,त्यु भएको मेयर पुनले बताउनुभयो । मृ,तकको स्वाब पीसीआर परिक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको छ ।

नेपालमा कोरोना संक्रमण बढ्दै जाँदा संयुक्त राष्ट्रसङ्घको चासो, दियो यस्तो चेतावनी

काठमाडौं । विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाइरस सङ्क्रमणको प्रभाव नेपालमा पनि देखिएको छ। परीक्षणको दायरा बढाइएसँगै नेपालमा पछिल्ला केही हप्ता देखि सङ्क्रमित हुनेहरूको सङ्ख्यामा व्यापक वृद्धि देखिएको छ। कोभिड-१९ मुलत: स्वास्थ्यसँग सम्बन्धित समस्या रहेका कारण यसको प्रभाव सङ्क्रमित र त्यसबाट मृत्यु हुनेहरूका रूपमा अघि आएको भए पनि आर्थिक सामाजिक लगायतका अन्य विभिन्न क्षेत्रमा समेत यसको दूरगामी प्रभाव रहने बताइएको छ।

यसै सन्दर्भमा बीबीसी संवाददाता संजीव गिरीले नेपालका लागि संयुक्त राष्ट्र सङ्घीय आवासीय संयोजक भ्यालरी जुलियण्डसँग कोभिड-१९ महामारीकाबीच नेपालको पछिल्लो अवस्था, सम्भावित प्रभाव र नेपालमा केन्द्रित रहेर राष्ट्रसङ्घको पहल लगायतका विषयमा कुराकानी गरेका थिए। प्रस्तुत छ कुराकानीको सम्पादित अंश।

Related Articles

Back to top button
Close