समाचार

तुलबहादुर, उनकी श्रीमती सहित ६ जनाको सामूहिक दाहसंस्कार

पर्वत — शनिबार रातिको पहिरोमा पुरिएर मृत्यु भएका पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङका ६ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । पोस्टमार्टमपछि ६० वर्षीय तुलबहादुर, उनकी ५२ वर्षीया श्रीमती मीनकुमारी, नातीनातिनीहरु १५ वर्षीय सम्राट, ८ वर्षीया बेबिसा थापा र २८ वर्षीया कमला बिक तथा नकी ८ वर्षीया छोरी प्रनिशाको सामूहिक अन्त्येष्टि गरिएको हो । उनीहरुको मोदीवेणीस्थित कालीगण्डकी किनारमा दाहसंस्कार गरिएको हो ।

थापा र बिक परिवारको छुट्टै तरिकाले दाहसंस्कार हुने गरेको भए पनि छिमेकी र एउटै प्रकृतिको दुखद् देहान्त भएकोले एकैपटक सामूहिक अन्त्येष्टि गरिएको छिमेकीहरुले बताएका छन् । स्थानीय तुलबहादुरकी छोरी ३१ वर्षीया छोरी दिरपा थापा र उनका १७ वर्षीय छोरा विवेक थापा शव भने उनीहरुको घर बागलुङको जैमिनि नगरपालिका–९ लगिएको छ ।पर्वत अस्पतालमा पोस्टमार्टमपछि दिरपा र विवेकको शव आफन्तले बुझेका हुन् । सदरमुकाम कुश्मा बस्दै

आएकी उनी लकडाउनको बीचमा माइत गएकी थिइन् सोमबार बिहान सबै मृतकको शव पर्वत अस्पताल ल्याएर पोस्टमार्टम गरिएको थियो । पहिरोमा १४ वर्षीय जेनिस नेपाली अझै बेपत्ता छन् । सोमबार दिउँसोदेखि उनको खोजी जारी रहेको पर्वत प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए । उनका अनुसार नेपाल प्रहरीका ९ सहित सशस्त्र, नेपाली सेना र स्थानीयवासीले खोजी जारी राखेका छन् ।

Related Articles

Back to top button
Close