समाचार

अमेरिकाले लिम्पियाधुरासहितको नेपालको नक्सा प्रयाेग गर्दा भारत मा त-नाब

काठमाडौं, २ असार । नेपालस्थित अमेरिकी राजदूतावासले लिम्पियाधुरा समेटिएकाे नेपालकाे नयाँ नक्सा प्रयाेगमा ल्याएपछि नेपालीहरूले खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन् । दूतावासकाे आधिकारिक फेसबुमा पेजमा काेभिड १९ सम्बन्धी तथ्यांकका साथ नेपालको आधिकारिक नक्सा प्रयोग गरेको हो ।

सरकारले आधिकारिक रुपमा नक्सा परिवर्तन गरेपछि अमेरिकी दूतावास नै नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास तथा कूटनीतिक निकाय बनेकाे छ । फेसबुक पेजमा नेपालकाे नयाँ नक्सा प्रयाेग गरेपछि धेरै नेपालीहरूले त्यसमुनि कमेन्ट गर्दै दूतावासलाइ धन्यवाद दिएका छन् । केहीले पाेस्ट शेयर समेत गरेका छन् ।

सरकारले हालै मात्र भारतकाे कब्जामा रहेका नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नक्सा संविधानमा समेत समावेश गरिसकेकाे छ ।

Related Articles

Back to top button
Close