समाचार

Breaking : चीनले भारततर्फ फायर खोल्यो, कर्नेल सहित उच्च सैन्य अधिकारी मारिएको दावी

काठमाडौं । लामो समयदेखि जारी भारत–चीन सीमामा तनाब थप बढेको छ । जानकारी अनुसार भारत–चीन सीमामा झडप हुँदा एक भारतीय अधिकारीसहित दुई जवान मारिएका छन् । लद्दाख भारत र चीन बीचको सीमा विवाद अब ठूलो तनावमा परिणत भइरहेको छ ।

सोमबार रात, लद्दाखको गाल्भान उपत्यकामा दुई देशका सैनिकहरू बीच झडप भएको थियो । यसमा भारतका एक कर्नेल र दुई सैनिकहरुले ज्यान गुमाएका छन् । भारत–चीन सीमामा ५३ बर्षपछि अर्थात् १९६७ पछि गोलीबारी भएको छ । अब के हुन्छ भन्ने कुरा थप डरलाग्दो भएको छ । News Source

भारतमा एकैदिनमा १० हजार ६६७ जनामा संक्रमण, कुल संक्रमित तीन लाख ४३ हजार नाघे

(रासस/एएनआई) : भारतमा एक दिनमा १० हजार ६६७ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी शनिबार र आइतबारको तुलनामा भारतमा संक्रमितको संख्यामा केही कमि आएको पाइएको छ । शनिबार एक दिनमा ११ हजार ९२९ जनामा कोरोनमा भाइरस संक्रमण देखिएको थियो भने आइतबार ११ हजार ५०० जनामा संक्रमण देखिएको थियो । सोमबार १० हजार ६६७ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ ।

Related Articles

Back to top button
Close