भिडियो

दशैको मुखमा घर आउदा : वैदेशिक रोजगारीबाट फर्केका आफ्नै देश आइपुगेपछि यसरी नेपालीबाटै लुटिए (भिडियो सहित)

दशैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गर्दै अपराध नियन्त्रणका लागि विशेष सुरक्षा र अनुगमन कार्य बढाइए पनि ती कार्ययोजना प्रभावकारी नदेखिएको गुनासो पीडितहरूको छ। त्यसको मारमा वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरू पर्ने गर्छन्। खासगरी उनीहरू सीमा क्षेत्र र बसपार्कहरूमा लुटिने गर्छन्। दशैँको मुखमा दक्षिण कोरियाबाट घर फर्केका दाङ्गका रामबहादुर सिंह र पाँचथर घर भइ हाल साउदी अरेबियाबाट फर्किएका अमृतबहादुर साम्बाहाम्फेले नेपालीबाटै लुटिनुपरेकोमा चिन्ता व्यक्त गरेका छन्।

उनीहरूमध्ये सिंहलाई नसालु पदार्थ खुवाएर र साम्बाहाम्फेलाई कुटपिट गरेर बसपार्क क्षेत्रबाट लुटिएको बताइएको छ। चाडपर्वका बेला बसपार्कमा चाप बढ्ने र त्यही अनुसार नागरिकका गुनासालाई सम्बोधन गर्न तत्कालै परिचालन हुनसक्ने विशेष टोलीहरू सक्रिय रहेको प्रहरीको भनाइ छ।
भिडियो हेर्नुहाेसः

Related Articles

Close