समाचार

पर्वत पहिरोमा ज्यान गुमाउनेहरुको यसरी गरियो सामुहिक दाहसंस्कार (भिडियो )

पर्वत  शनिबार राति पर्वतको कुस्मा नगपालिका वडा नम्बर ३ दुर्लुङको ढकालबारीमा पहिरोमा पुरिएर ज्यान गुमाएका ८ जनाको आज अन्तिम दाहसंस्कार गरिएको छ ।

शनिबार राति आएको पहिरोले तुलबहादुर थापाको ५ जना र कमला विकको तीन जनाको परिवारलाई घर सहित पुरेको थियो । पुरिएका ९ जनामध्ये ३ जनाको शव राति नै भेटिएको थियो भने आइतबार बिहान थप ५ जनाको शव भेटिएको थियो ।

पहिरोमा पुरिएका दिपा थापा, कमला विक, तुलबहादुर थापा, उहाँकी श्रीमती मीनकुमारी थापा, नातिनी विविशा थापा, जेनिसा बिक, सम्राट थापा र विवेक थापाको शव भेटिएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएकी प्रमिसा विकको खोजी भइरहेको केवल जंग गुल्मका गुल्मपति अर्जुन दुलालले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय खोजी तथा उद्दारमा खटिएका छ्न्। हिजो साँझ ६ बजे देखि झण्डै दुई घण्टा परेको मुसलधारे पानी पछि पहिरो गएको हो ।

Related Articles

Back to top button
Close