समाचार

प्रहरीले गिर’फ्तार गर्न खाेज्याे म झनै आत्तिए : सरिता गिरी

समाजवादी पार्टीकी सांसद सरिता गिरीले आफूले नेपालको नयाँ नक्सा र सीमाको कुरा उठाउँदा राज्यले गिरफ्तार गर्न खोजेको आरोप लगाएकी छिन् । उनीसँग भएको कुराकानी जस्ताको त्यस्तैः

मेरो बुवा विरामी भएको कारणले उहाँलाई हेर्नका लागि आज म आफ्नो माइती जान लागेको थिएँ । मेरो बुवा ९० वर्षको हुनुहुन्छ । उहाँ साह्रै विरामी हुनुहुन्छ । तर, सिरहाको ठाडी नाकामा प्रहरीले मलाई रोके ।

मैले बाटैमा उभिएर वहाँहरुलाई सम्झाउन खोजेँ । मलाई जान दिनुस् भनेर सुरक्षाकर्मीलाई बिन्ती गरेँ । तर मलाई अघि बढ्न दिइएन । मैले गृहमन्त्रालयका दुईजना सहसचिवसँग पनि कुरा गरे । उहाँहरुले यो आफ्नो क्षेत्रको कुरा नभएको बताउँदै सिडियोसँग कुरा गर्नुस् भन्नुभयो । मैले सिडियोसँग कुरा गरेँ । मेरो पार्टीका नेता तथा कार्यकर्ताले पनि कुरा गर्नुभयो । तर सिडियोले पनि वास्ता गर्नुभएन । जिल्लाको एसपीसँग पनि कुरा गरेँ । सबैले मेरो आग्रहलाई बेवास्ता गरे ।

मेरो आमा हुनुहुन्न । म जेठी छोरी हुँ । दुईटा दिदी बहिनी अमेरिका बस्नुहुन्छ । त्यो कुरा पनि उहाँहरुलाई भने । भारतीय दूतावासलाई भनेर उता (भारत) को डिस्ट्रिक अफिसरलाई भनेर उता (भारत) जानलाई कुरा मिलाएको छु भनेर जानकारी पनि गराएँ । तैपनि मलाई जान दिइएन ।

केही समयपछि मलाई त्यहाँको सशस्त्र प्रहरीले म्याडम भित्रै बस्नुस् न भन्नुभयो । मभित्र गएर बसेँ । त्यहीबेला सशस्त्रको एसपीको फोन आयो । मैले वहाँलाई पनि मेरो कुरा सुनाएँ । तर स्पष्ट जवाफ आएन ।

तैपनि जाने अनुमति पाइहाल्छु कि भनेर त्यहीँ पर्खेर बसिरहेको थिएँ, अचानक मेरै पार्टीका मान्छेहरुले मलाई फोन गर्न थाल्नुभयो । दुई वटा फोन आएको थियो । उहाँहरुले मलाई भन्नुभयो कि म्याडम तपाईंलाई गिरफ्तारी गर्ने तयारी भइरहेको छ, तपाईं त्यहाँबाट निस्किनुस् ।

म आत्तिएँ । हतारहतार निस्कन खोजेँ । मैले भगवानपुरमा हाम्रो पार्टीका कार्यकर्ता हुनुहुन्छ, उहाँसँग कुराकानी गरेर म आउँछु भन्दै बहाना बनाएँ ।

म भित्र जाँदा त्यहाँ बाहिर धेरै सुरक्षाकर्मी थिएनन् । जब म बाहिर निस्के, सुरक्षाकर्मीको उपस्थिति बढिसकेको थियो ।

हतारहातर गाडीतर्फ बढे । म गाडीमा बसेपछि एकजना महिला प्रहरी दौडदै आउनुभयो । वहाँले मलाई कहाँ जान लाग्नुभयो भनेर सोध्नुभयो । मैले आफ्नो पार्टीका नेतालाई भेटेर पुनः आउँछु भनेर निकस्न खोजेँ । अलिकति गाडीलाई के अगाडि बढाएका थियौँ, सशस्त्रको एउटा गाडी मेरो पछिपछि आउन थाल्यो ।

Related Articles

Back to top button
Close