समाचार

क्वारेन्टिनसम्म मान्छे ओसार्ने चालकको कोरोना लागेर मृ’त्यु, नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या २२ पुग्यो

काठमाडौं। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित पुरुषको बुधबार मृ’त्यु भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरे।

‘उहाँको ८ बजेर ५२ मिनेटमा मृ’त्यु भएको हो। हामीले सेनालाई खबर गरिसकेका छौं। भोलि उहाँको श’व व्यवस्थापन गर्ने तयारी छ,’ श्रेष्ठले भने।

गोदावारी नगरपालिका-४ निवासी ४६ वर्षीय उनमा गत जेठ ३२ गते सं’क्रमण पुष्टि भएको थियो। सुरूमा धनगढीको एक निजी अस्पतालमा भर्ना भएका उनलाई सं’क्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पताल रिफर गरिएको थियो।

उनी पेसाले बस चालक हुन्। अस्पतालका अनुसार उनले नाकाबाट मानिसलाई क्वारेन्टिन स्थलसम्म बसमा पुर्याउने काम गरेका थिए।

सुरूआतमै उच्च ज्वरो र स्वासप्रस्वासमा सम’स्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो। स्वास्थ्यमा कुनै सुधार नआएको र थप जटिल बन्दै गएपछि बुधबार अस्पतालले बिरामीलाई काठमाडौं रिफर गर्न प्रदेश सरकारलाई अनुरोध गरेको थियो।

बुधबारै कैलालीको लम्कीचुहा नगरपालिका-२ निवासी एक महिलामा पनि मृ’त्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। नेपालगन्ज मेडिकल कलेजमा उपचार क्रममा बिहान ११ बजे मृ’त्यु भएको उनको साँझ रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए।

न्यूरोसम्बन्धी समस्या रहेको उनलाई जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या २२ पुगेको छ।

बुधबारै अर्घाखाँचीका एक पुरूष र सुर्खेतकी एक महिलामा पनि आ’त्मह’त्यापछि कोरोना पुष्टि भएको छ। उनीहरूलाई कोरोनाबाट मृ’त्यु भएको संख्यामा समावेश गर्ने वा नगर्नेबारे स्वास्थ्य मन्त्रालयले निर्णय गर्नेछ।

Related Articles

Back to top button
Close