समाचार

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – बिहीबार अमेरिकी डलरसहित अन्य धेरै सबै देशको विनिमयदर घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २२ रुपैयाँ १५ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३६ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर १ सय ३७ रुपैयाँ ३९ पैसा रहेको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ५४ पैसा तोकिएको छ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ५५ तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ४ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय २१ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २३ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

Related Articles

Back to top button
Close