समाचार

मृगौला बेच्न तयार मनकुमारको भगवान् बनेर आए थापा , थापाले १७ सय बढीलाई बाँडे राहत

कनकाई/ झापाको कनकाई नगरपालिका ४ कोटीहोमका मनकुमार लकान्द्री सवारी चालक थिए । उनको कमाईमा परिवार राम्रोसँग पालिइएको थियो । सबै खुसि थिए । तर उनको खुसिमा एक्कासी बज्रपात पर्यो ।

कारण थियो उनले चलाएको गाडी दुर्घटनामा पर्यो । उनि गम्भिर घाईते भए । उनलाई बचाउन परिवारले हरसम्भव प्रयास गरे । उनको उपचार गर्न काठमाडौको ग्राण्डी लगायतका अस्पालमा लगियो। उनिहरुसँग भएका सबै जग्गाजमिन पनि सकियो । अन्तमा उनि जेनतेन बाच्न सफल भए । तर त्यसपछिका उनको जिन्दगी अर्काका भरमा बाच्नुपर्ने अवस्था आयो ।

उनकी श्रीमतीले बनिबुतो गरेर एक श्रीमान् र २ बच्चा पालेकी थिइन् । तर एक्कासी उनकी श्रीमती पनि बिरामी परिन् । उनिहरु मासिक एक हजार तिरेर भडाको फुसले बारेको घरमा बस्दा रहेछन् ।

पुरुषमा भन्दा महिलाहरुमा बढी समस्या हुन्छ । उनलाई बारम्बार रगत बग्ने समस्या छ ,मनकुमारले भने । यतिकैमा उनिहरुका झन् दुखद दिन शुरु भए । त्यो हो गत चैत्र ११ गतेदेखिको लकडाउन । उनिहरुको आर्थिक अवस्था पनि अत्यान्त कमजोर त्यहिमाथी लकडाउन । श्रीमतीले कतै काम गर्न पाईनन् । घरमा चामलको एक गेडो पनि थिएन । २ बच्चाहरु ४ दिनदेखि भोको । उनले स्थानीय जनप्रतिनिधि लगायत टोल बिकास संस्थाका संयोजक लाई आफ्नो समस्या सुनाए तर कसैले चासो दिएनन् ।

आफ्ना बच्चाहरु खाना मागिरहेका थिए । उनमा कुनै विकल्प थिएनन् । ताकी आफ्ना बच्चाहरुलाई एक छाक खाना खुवाउँ । उनि जिवनको कठिन घडिमा उभिए र आफ्नो मृगौला बेच्ने निर्णयमा पुगे । र दमकमा रहेको एक मिडियामा फोन गरेर भने- हजुर मेरा २ बच्चाहरु ४ दिनदेखि भोकै छन् मसँग केहि छैन म मेरो एउटा मृगौला बेच्न चाहान्छु । ,

उनको बिलौना कनकाई नगरपालिका ९ का खानी तथा त्रसर उद्योग ब्यवसायी तथा समाजसेवी शेरबहादुर थापाको कानमा पर्यो । उनि कामका सिलसिलामा इलाममा थिए । त्यो खबर सुन्ने वित्तिकै थापाको मन छोयो । थापा भन्छन् -मलाई रातभर निन्द्रा लागेन ,किन कि म पनि कुनै बेला एक छाक खाएर भोक भोकै सुतेको थिए ।
उनले आफ्नो विगत स्मरण गरे । र तत्काल इलामबाट सागसब्जी र दुई बोरा चामल लगायतका खाद्यान्न बोकेर मनकुमारको घरमा पुगे । उनि त्यहाँ पुग्दा अन्नको एक गेडो थिएन रे । थापाले सो परिवारमा ४ दिनदेखि बल्न नसकेको चुल्हो बाल्न सफल भए । अहिले लकान्द्रीको घरमा खानाको अभाव छैन ।

उनलाई सहयोग गर्ने धेरै भएका छन् । खानाका साथै अहिले उनलाई बासको पनि ब्यवस्था हुने भएको छ स्थानिय बिकास ढुङ्गानाले १० धुर जग्गा दिएका छन् । अब मनकुमारलाई कसैले घर बनाइदिए हुन्थ्यो भन्ने लागेको छ । असार ३ गते बुधबार सागसब्जी र केहि जस्ताको पाता बोकेर थापा पुगेका थिए । मनकुमारले शेरबहादुर थापाका कारण आफ्नो घरमा चुल्हो बलेको भन्दै आफ्ना बालबच्चाको मुहारमा हाँसो ल्याउने थापालाई भगवान्को संज्ञा दिए ।

उनले भने -शेरबहादुर सर नआएका भए हामी भोकभोकै मनुपर्ने अवस्था थियो ,उहाँ हाम्रा लागी भगवान् बन्नुभयो ,अब हामीले बस्ने बासका लागी १० धुर जग्गा पायौँ । बिकास सर लाई पनि धन्यबाद । कनकाई नरपालिका प्रति भने उनि रुष्ट छन् हामी भोक भोकै हुँदा पनि कसैले राहत दिएनन् बरु हामीलाई नभनि शेर बहादुर थापालाई किन बोलाएको भनेर गाली गरेको मनकुमारले दुखेसो पोखे । यि त पात्र मात्रै हुन् कनकाई नगरपालिकामा राहत बाड्दा राजनितिक आस्थाका आधारमा राहत बाँडिएको स्थानियको आरोप छ । तर नगरपालिकाले भने सो कुरालाई खण्डन गरेको छ ।

थापाले १७ सय बढीलाई बाँडे राहत
धन ठुलो कि मन ठुलो भन्ने उखान समाजमा हमेशा प्रयोग गरिन्छ । कोहीसँग धन हुन्छ मन हुँदै ,कोहीसँग मन हुन्छ त धन हुँदैन । समस्या परेको घडीमा र सकस परेको बेला धन भएको मन चाँहिदो रहेछ । यहि भनाईसँग मेल खाने ब्यक्तित्व हुन् झापाको कनकाई नगरपालिका ९ निवासी निर्माण ,खानी तथा क्रसर ब्यवसायी शेरबहादुर थापा । जसले कोरोना भाईरसको प्रकोप तिब्र भईरहेको समयमा बल्न छाडेका चुल्हो बालेका छन् ।

थापाले आफ्नो ब्यक्तिगत प्रयासमा १७ सय परिवारका घरमा चुल्हो बालेका छन् । अर्जुनधारा बिर्तामोडमा , बुद्धशान्ति, झापा गाउँपालिका ,पृथ्वीनगर र बाँकी कनकाई नगरपालिकामा सहयोग गरिेरहेका छन् समस्यामा परेकाहरुलाई सेवा । उनले कनकाई नरपालिकामा रहेको क्वारेटिन्नमा पनि ३ पटक राहत प्रदान गरेका छन् भने उनिहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउन सय क्टिल बढी सागसब्जी बितरण गरेका छन् ।

कनकाई नगरपालिका प्राथमितामा
उनले राहत सहयोग गरेकामा अधिकांश कनकाईका स्थानिय छन् । उनले समस्यामा परेका हरेक तह र तप्काका गरिब तथा विपन्न नागरिकलाई राहत बाँडेर सबैको प्रशंसा बटुलेका छन् । थापा भन्छन् -मेरो पहिलो प्राथमिकतामा कनकाईका नागरिक छन् त्यस पछि अरु ठाउँका । उनले कनकाईमा अब कोही भोकै बस्नु नपर्ने बताए । आफुले सकेको सबैलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । बि.स.२०२१ साल चैत्र १५ गते तेह्रथुमको सिम्लेमा जन्मिएका थापा हाल स्पष्ट बक्ता,मिलनसार ब्यक्तित्व छन् । मनका धनि हुनुहुन्छ । झापा गाउँपालिकास्थित नेपाल भारत सिमामा रहेको शसस्त्र र जनपथ प्रहरीलाई २४ थान बाल्टी,साबुन पानी प्रयोग गर्ने जग आदी सहयोग गरेर समेत पुन्य काम गरेका छन् उनले ।

मेयर पोख्रेलले प्रहरी पठाएका थिए राहत बितरण रोक्न
लकडाउन भएको ५ दिनबढी भएको थियो । मजदुर र बिपन्न परिवारलाई एक छाक खान पनि मुस्किल परेको थियो । उनिहरुको चुल्होमा आगो बल्न छोडी सकेको थियो । उनिहरुको समस्या बुझि राहत बाड्न लागी परेका थिए थापा । तर कनकाईका मेयर राजेन्द्र पोख्रेलको निर्देशनमा उनलाई राहत नबाड्न भन्दै प्रहरी नै पुगेका थिए । तर उनले समाज सेवालाई भने निरन्तर जारी राखे र सबै कनकाईबासीको मन जितेका छन् । अहिले कनकाईका जनप्रतिनिधि पनि उनको कामको प्रशंसा गर्छन् । उ बेला ठुल ठुला नारा घन्काएर गफ छाट्ने जनप्रतिनिधि स्थानिय सरकारमा बसेर खै प्रतिबद्धता पुरा गरेको ? मान्छेले भोकले छटपटाउँदै मृगौला बेच्नुपर्ने अवस्था कसरी आयो भन्दै थापाले प्रश्न गरे । उनले आफुलाई राजनितिसँग नजोडन् पनि आग्रह गर्दै आफु कनकाईबासीको सहारा बन्न चाहेको बताए । मिडियामा पटक्कै आउन नचाहने थापाले कनकाईमा यत्रो समाजसेवा गरेका उनलाई हामीले पटक पटक आग्रह गरेपछि मात्र बोल्न तयार भएका हुन् ।

pathivara बाट

Related Articles

Back to top button
Close