समाचार

ज्ञानेन्द्र शाही पुगे टेकु प्रहरी, सरिता गिरीलाई पक्राउ गर्न माग, प्रहरीले के भन्यो त (भिडियो)

काठमाडौँ, ४ असार। नेपाली भुमी लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतको क्षेत्र भारतको भन्ने अभिव्यक्ति दिदै आएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा ढुंगामुढा गरेको र कालो झण्डा राखेको आरोपमा हेमराज थापा पक्राउ परेका छन् ।

स्थायी घर बाजुरा भई काठमाडौंको कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापा न्यूरोडबाट पक्राउ परेका हुन् । थापा लगायत अन्य युवाहरुले सरिता गिरीको विशालनगरस्थित घरमा मंगलबार उनीहरुले तोडफोड र कालोझण्डा देखाएका थिए ।

उक्त घटना पछि आफु असुरक्षित भएको भन्दै सरिता गिरीले प्रहरीलाई खबर गरेकी थिइन् ।
सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेपछि निशान छापमा पनि सो अद्यावधिक नक्शा राख्नका लागि दर्ता गरेको संविधान संशोधन विधेयकलाई सरिता गिरीले खारेज गर्न अर्को संशोधन प्रस्ताव दर्ता गराए पनि सभामुखले गिरि कै प्रस्ताव खारेज गरेका थिए । उनको यो कदम पछी आफ्नै पार्टीले पनि कारवाही गर्ने चेतावनी समेत दिईसकेको छ । तर अहिले सम्म कारवाही भने गरेको छैन ।

यसै बीच नेपालका लागि नेपालीका अभियान्ता ज्ञानेन्द्र शाही हेमराज थापालाई भेट्न टेकु पुगेका छन् । उनले हेमराजलाई छिटो रिहाई गर्न र सरिता गीरीलाई पक्राउ गर्न माग गरेका छन ।

Related Articles

Back to top button
Close