समाचार

भारतसँग यु’द्ध गर्न खोजेको भन्दै चीनविरुद्ध काठमाडौँमा प्रदर्शन

काठमाडौँ।  चीन भारतको सिमा गल्वान भ्यालीमा  २० भारतीय सेनाका जवानले ज्या’न गुमाएपछि त्यसको तरंग नेपालसम्म आइपुगेको छ। चीनले आवेगमा आएर भारतमाथि ह’मला गरेको भन्दै भारत समर्थक एक संस्थाले चीनविरुद्ध काठमाडौँमा प्र’दर्शन गरेको छ।

मानव अधिकार तथा शान्ति समाज नेपाल नाम गरेको उक्त संस्थाले चीनलाइ विवेकको प्रयोग गर्दै यु’द्धको कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रह गरेको छ । काठमाडौँको सडकमा चीन विरुद्ध उत्रिएको उक्त समाजले बिहीबार काठमाडौंस्थित चीन र भारत दुवै देशका राजदूतावास अगाडि धर्ना दिँदै कूटनीतिक स्तरबाटै समस्या समाधान गर्न आग्रह गरेको हो ।

लद्दाख सीमामा चीन र भारतबीच सोमबार राति भएको हिं’सक झ’डपपछि दुई देशबीच तनाव बढेको छ । झडपमा २० जना भारतीय सैनिकको मृ’त्यु भएको छ भने चीनतर्फ पनि मा नवीय क्षति भएको बताइएको छ । चीनले भने मा नवीय क्षतिका बारेमा अहिलेसम्म जानकारी दिएको छैन ।

झ डपपछि दुई देशका उच्च सैन्य अधिकार र विदेशमन्त्री स्तरममै कुराकानी भइसकेको छ । दुवै देशले तना वलाई नबढाउने र वार्तामार्फत् नै सीमा विवाद सुल्झाउने पक्षमा रहेको बताएका छन् ।

Related Articles

Back to top button
Close