भिडियो

गरिबको घर बनाउने धुर्मुस सुन्तली आफु चाही कस्तो घरमा बस्छन, आउनुहोस हेरौ (भिडियो सहित)

काठमाडौँ । चर्चित कलाकार तथा समाजसेवी धुर्मुस सुन्तली अथवा सिताराम कंटेल र कुन्जना घिमिरे यति बेला महत्वाकांक्षी आयोजना ‘गौतम बुद्द अन्तरास्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा ब्यस्त छन । यस अघि नै तिन एकीकृत नमुना बस्ति बनाइसकेका धुर्मुस सुन्तली फाउन्डेसनले यो पाली भने ठुलै आट गरेर खर्बौ लगानी लाग्ने बहुउदेशीय खेल मैदान बनाउन कम्मर कसेर लागी रहेका छन ।

देश र जनताका लागी सोच्ने धुर्मुस सुन्तली स्वयम् चाहि कस्तो घरमा बस्लान ? धेरैको जिज्ञाशा रहनेनै भयो । कतिलाई याद होला धुर्मुस सुन्तलीले आफ्नो पहिलो घर बिक्रि गरेका थिए । ललितपुरको चापागाउमा उनीहरुले बर्षौ कालारिता गरेर कमाएको पसिनाको कमाई त्यो घर बनाएका छन । तर एकीकृत बस्ति बनाउने क्रममा उनीहरुले उक्त घर बिक्रि गरेका थिए । जुन घरमा उनीहरुको पहिलो सन्तान छोरीको जन्म पनि भएको थियो ।

पुरानो घर बिक्रि गरेपछि धुर्मुस सुन्तलीले ललितपुर कै कुसुन्तीमा अर्को सुन्दर घर बनाएका छन । कुसुन्तीको घर पुरानो घर भन्दा सानो भएपनि जग्गा भने धेरै रहेको छ । जग्गामा सुन्दर बगैचाको निर्माण पनि गरिएको छ । थप भिडियोमा हेर्नुहोस ।

Related Articles

Close