समाचार

भारत-चीनबीचको लद्दाख भि’ड’न्तबारे नेपालको धारणा बाहिरियो, कसलाई के भन्यो ?

काठमाडौ । चीन र भारतबीच लद्दाखमा भैरहेको तनाब र सैनिकहरु मा’रिएको घ’टनामा विश्वका विभिन्न देशले प्रतिक्रिया दिइरहेका बेला नेपालको पनि धारणा बाहिरिएको छ । चीन र भारतबीच यसअघि दोक्लाम विवादको बेला समेत औपचारिक प्रतिक्रिया नदिएको नेपालले लद्दाख प्र’क’रणमा पनि सोही नीति अख्तियार गर्ने देखिएको छ ।

दुवै छिमेकीसँग समानतामा आधारित असल सम्बन्ध राख्ने र कुनै एकको पक्षमा नउभिने नेपालको नीति हुनुपर्नेमा सरकार दृढ छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले छिमेकीबीच शान्ति कायम होस् र तनाव कम होस् भन्ने पक्षमा नेपाल रहेको बताए । मन्त्री ज्ञवालीले भने, ‘हामी हाम्रा छिमेकीबीच असल सम्बन्धको पक्षमा छौं । उहाहरुबीच तनाव कम होस् र शान्ति कायम होस् भन्ने हाम्रो मान्यता स्पष्ट छ ।’

पछिल्लो समय नक्सा प्रकाशन र संविधान संशोधनबाट त्यसलाई आधिकारिक मान्यता दिइएपछि नेपाल र भारतबीच संवाद छैन । चीन भने उच्चस्तरमै संवादमा छ । बिहीबार मात्र परराष्ट्रमन्त्री ज्ञवाली कोभिड र बीआरई सम्बन्धी चीनले आयोजना गरेको भर्चुअल ग्लोबल सम्मेलनमा सहभागी भएका थिए ।

चीनले गिरफ्तार गरेका १० जना भारतीय सैनिकलाई रिहा गरेको छ । सोमबार लद्दाखको गलवान उपत्यकाको सीमामा भएको झ’डपका क्रममा गिरफ्तार गरिएका १० भारतीय सैनिकलाई चीनले बिहीबार साँझ रिहा गरेको हो । रिहा हुनेहरुमा एक जना कर्णेल, तीन जना मेजरसहित १० जना रहेको भारतीय पत्रिका द हिन्दूले भारतीय सेनालाई उद्धृत गर्दै लेखेको छ ।

मेजर जर्नेलस्तरको द्वीपक्षीय वार्तापछि चीनले आफ्नो कब्जामा रहेका भारतीय सैनिकलाई बिहीबार साँझ ५ बजेतिर रिहा गरेको हिन्दूले जनाएको छ । भारतीय सेनाले भने आफ्ना कुनै पनि सेना नहराएको र चीनको कब्जामा नरहेको बताउँदै विज्ञप्ति जारी गरेको थियो ।

सोमबार सीमामा भएको हिं’सक झ’डपमा एक कर्णेलसहित २० भारतीय सैनिकको मृ’त्यु भएको छ । त्यस्तै १८ जना भारतीय सैनिक घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले चीनतर्फ पनि मानवीय क्षति भएको दाबी गरे पनि चीनले भने अहिलेसम्म यसबारेमा कुनै जानकारी दिएको छैन । सन् १९६२ को युद्धपछि भएको सबैभन्दा ठूलो झ’डप हुनुमा भारत र चीनले एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।

लद्दाख सीमामा भएको हिं’सा’त्मक क्षडपपछि उत्पन्न तनाव कम गर्न भारत र चीनबीच लगातार सैन्य र कूटनीतिक स्तरबाट वार्ता भइरहेको छ । दुवै देशले मेजर जर्नेल तहको सैन्य वार्ता र विदेशमन्त्रीस्तरको वार्ताबाट सीमामा देखिएको तनाव कम गर्न सहमत भएको बताएका छन् । बुधबार भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन कुराकानी गरेका थिए ।

कसरि घट्याे घ’टना ?
सुरुमा भारतीय सेनाले झडपमा एक जना कर्णेलसहित ३ जना भारतीय सैनिकको मृ’त्यु भएको बताएको थियो । मंगलबार राति भारतीय सेनाले एक वक्तव्यमार्फत झ’डपमा गम्भीर घाइते भएका अन्य १७ जना सैनिकको मृ’त्यु भएको जानकारी दिएको हो । चिनियाँतर्फको क्षति भने यकिन हुन सकेको छैन । भारतीय सञ्चारमाध्यमले भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै चिनियाँ पक्षबाट ठूलो संख्यामा हताहत भएको उल्लेख गरेका छन् । घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दोषारोपण गरेका छन् ।

करिब १४ सय फिटको उचाइमा रहेको लेह–लद्दाख क्षेत्रमा सीमा विवादका कारण दुई छिमेकी आमनेसामने भएका हुन् । एसियाका दुई ठूला आ’ण’विक मुलुकबीच यो स्तरको हिं’सा’त्मक झ’ड’प विगत ४५ वर्षकै पहिलो हो । यो घटनाले दुई देशबीच यु’द्ध हुन सक्ने भय पनि सिर्जना गरेको छ । चीनले एकतर्फी रूपमा ‘यथास्थितिको अवस्था’ मा परिवर्तन गर्न खोज्दा सोमबार साँझदेखि रातिसम्म हिं’सा’त्मक झ’डप भएको भारतले जनाएको छ । झ’ड’पमा कर्णेलसहित तीन जनाको तत्कालै र गम्भीर घाइते १७ सैनिकको पछि मृ’त्यु भएको भारतीय सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

शून्यभन्दा कम तापक्रम र हाई अल्टिच्युडका कारण घाइतेहरूको मृ’त्यु भएको सेनाले जनाएको छ । ‘माथिल्लो तहमा भएको सहमतिलाई चिनियाँ पक्षले इमानदारीपूर्वक पालना गरिदिएको भए दुवै पक्षमा हताहत हुने गरी भएको झडप रोक्न सकिन्थ्यो,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Related Articles

Back to top button
Close