समाचार

प्रह,री ज,बान को दुखद मृ,त्यु

दाङ । तुलसीपुर उपमहानगरपालिकामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ । रा १ त ७५७ नम्बरको ट्रयाक्टरले लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवान जीतेन्द्र चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकलमा दङ्गीशरण गाउँपालिका १ बाकी जाँदै गरेका प्रहरी जवान चौधरीलाई श्रीगाउँबाट वालापुर आउँदै गरेको रा १ त ७५७ नम्बरको ट्याक्टरले आइतबार आइतबार ठक्कर दिएको दिएको हो । ट्याक्टरले ठक्करबाट घाइते जवानको राप्ती प्रादेशिक अस्प्ताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपरासी बर्दघाट सोमनाथ निवासी २७ वर्षीय चौधरी इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत जवान हुन् । दुर्घटनामा २२ वर्षीय शर्मिला चौधरी घाइते भएकी छन् । राप्ती प्रादेशिक अस्प्ताल उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मिले जानकारी दिएका छन् । ट्याक्टर चालक पक्राउ परेका छन् ।

Related Articles

Back to top button
Close