समाचार

भारत विरोधी गतिविधि गरेको भन्दै पर्सामा जसपाका कार्यकर्ताहरु प्रहरीको नियन्त्रणमा

वीरगञ्ज ७ असार । भारत विरोधी नारा जुलुस गरेको अभियोगमा पर्सामा आज दुई जना पक्राउ परेका छन । भारत विरोधी गतिवधि गरेको भन्दै पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको हो । केही दिन अगाडि नेपाल भारत सीमामा सशस्त्र प्रहरीको गाली लागि एक भारतीय नागरिकको मृत्यु भएको थियो ।

भारतीय नागरिकको मृत्युको विरोधमा भारतका विभिन्न शहरमा नेपाल विरोधी नारा जुलुस भइरहेका छन् भने कतिपय स्थानमा नेपालको राष्ट्रिय झण्डा समेत जलाएका छन् ।

नेपालको झण्डा जलाएको विरोधमा पर्साका जनता समाजवादी पार्टीका स्थानीय युवाहरुले विरोध जनाए पछि पर्सा प्रहरीले पार्टीका २ जना कार्यक्रतालाई नियन्त्रणमा लिएको छ ।

समाजवादी पार्टी पर्साले भारतीय नेताहरुको पुतला र भारतको झण्डा जलाउन खोजेपछि नियन्त्रणमा लिएको वडा प्रहरी विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले बताउनुभयो । पक्राउ पर्नेमा वीरगञ्जका माहसिन मिया र लियाकत अलि रहेका छन् ।

पक्राउ परेकाहरुको कानूनी कारवाहीको प्रक्रिया अघि सारिएको पर्सा प्रहरीले जनाएको छ । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै समाजवादी पार्टी पर्साले निन्दा गरेको छ । पक्राउ परेकालाई विना शर्त रिहा गर्न माग राख्दै समाजवादी पार्टीका नेता कार्यक्रताहरु वीरगञ्जको सडकमा विरोध प्रद्रशन गरेका छन् ।

Source : news24 nepal

Related Articles

Back to top button
Close