Author: dipendra

ह्वाइट हाउस अगाडि आगो लगाएर प्राण त्यागे…

ह्वाइट हाउस अगाडि आगो लगाएर प्राण त्यागे…

एजेन्सी । एक व्यक्तिले अमेरिकी सदन ह्वाइट हाउस अगाडि आफैंलाई आगो लगाएर आत्महत्या गरेका छन् । वासिङ्टन डिसीस्थित ह्वाइट हाउस नजिक इलिप्स पार्कमा बुधबार मध्यान्न ती व्यक्तिले आफैंमाथि आगो लगाएका हुन् । उनले शरीरमा आगो लगाएर एताउता कुदेका थिए । तत्काल सुरक्षाकर्मीले पानी हालेर उनको शरिरको आगो निभाए पनि उनी जीवित हुन सकेनन् । आगो लागेका उक्त मानिसको शरीर ८५ प्रतिशत जलेको छ । उनको नाम सार्वजनिका गरिएको छैन् ।
कार्गो विमान दुर्घटना मा ज्यान गुमाएका पाइलट महासेनानी कैलाश गुरुङ मरनोप्रान्त सहायक रथिमा बढुवा

कार्गो विमान दुर्घटना मा ज्यान गुमाएका पाइलट महासेनानी कैलाश गुरुङ मरनोप्रान्त सहायक रथिमा बढुवा

काठमाडौं : गत वर्ष जेठ १५ गते बाजुराको कोल्टी विमानस्थलमा कार्गो विमान दुर्घटनामा ज्यान गुमाएका महासेनानी कैलाश गुरुङ मरनोप्रान्त सहायक रथिमा बढुवा भएका छन्।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गुरुङलाई मरनोप्रान्त सहायक रथिमा बढुवा गरेर उनको परिवारलाई त्यही अनुसारको सेवा सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।  सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सैनिक परिचालन नियमानुसार गुरुङलाई मरनोप्रान्त सहायक रथिमा बढुवा गर्ने निर्णय भएको बताए। को थिए कैलाश गुरुङ भोजपुर जिल्लाको ट्याम्केमैयुम गाउँपालिका (साविक छिनामखु गाविस) मा कैलाश गुरुङ जन्मिएका थिए। विमान चालक गुरुङले सैनिक गीतहरू, राष्ट्रिय गीतहरू र मायाप्रीतिका धेरै गीत लेखेका थिए, संगीत भरेका थिए। २०७५ जेठ १५ गते बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको कार्गो विमान दुर्घटनामा ज्यान गुमाएका सेन
प्रधानमन्त्री ओली दिल्लीमा, विदेश सचिवले गरे स्वागत

प्रधानमन्त्री ओली दिल्लीमा, विदेश सचिवले गरे स्वागत

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार दिउँसो दिल्ली प्रस्थान गरेका थिए। ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश सचिव विजय गोखले र भारतमा रहेको नेपाली राजदूतावासका कर्मचारीले स्वागत गरेका थिए। भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा अत्यधिक बहुमतसहित प्रधानमन्त्री मोदीले साँझ ७ बजे राष्ट्रपति भवनमा सपथ लिँदैछन्। मोदीको सपथमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, म्यानमारका राष्ट्रपति, थाइल्याण्डका मन्त्री, भुटानका प्रधानमन्त्री लोटे टिसिरिङ, मरिससका प्रधानमन्त्री, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नयाँदिल्ली आइपुगेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। माेदीले सपथ समाराेहमा बिमस्टेक सदस्य राष्ट्रका प्रमुख बाेलाएक
प्रचण्डको अभिव्यक्तिले ल्याएको तरङ्ग : फेरि नेकपा फुट आउने

प्रचण्डको अभिव्यक्तिले ल्याएको तरङ्ग : फेरि नेकपा फुट आउने

जेठ १६, २०७६ काठमाडौं – २०७४ जेठ १० गते प्रधानमन्त्रीको दोस्रो कार्यकालबाट राजीनामा दिएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा कर्मचारीलाई धन्यवाद दिने क्रममा भनेका थिए, ‘यो नै अन्तिम बिदाइ होइन, सिंहदरबारमा आउने–जाने क्रम जारी रहन्छ ।’ गत वर्षको भदौंमा भारत भ्रमणको क्रममा पत्रकार ज्योति मल्होत्रालाई अन्तर्वार्ता दिँदै प्रचण्डले भने, ‘भावी प्रधामनन्त्री भन्न सक्नुहुन्छ । कुनै सहमति विना कसरी पार्टी मर्ज हुन सक्थ्यो ?’ बुधवार प्राइम टेलिभिजनले गणतन्त्र दिवसको अवसरमा लिएको अन्तर्वार्ताका क्रममा प्रचण्डले आलोपालो प्रधानमन्त्रीको कुरा गरेपछि राजनीतिमा नयाँ तरङ्ग आएको छ । २०७५ जेठ ३ गते पार्टी एकता भएपछि प्रचण्डले स्पष्ट ढंगले आलोपालो प्रधानमन्त्रीको कुरा अगाडि सारेका छन् । ‘प्रचण्ड’ले पार्टी एकता गर्ने क्रममा भएको आलोपालो प्रधानमन्त्री हुने सहमतिअनुसार अबको १५ महिनामा आफू प्रधानमन
बजेटको विपक्षमा सांसदलाई तार्किक बहस गर्न कांग्रेसको निर्देशन (भिडियोसहित)

बजेटको विपक्षमा सांसदलाई तार्किक बहस गर्न कांग्रेसको निर्देशन (भिडियोसहित)

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले ल्याएको बजेट वितरणमुखीमात्रै भएको आरोप लगाएको छ । सिंहदरबारमा बिहीबार बसेको काँग्रेस संसदीय दल बैठकले बजेटले सबै क्षेत्रलाई हतोत्साही बनाउने भन्दै उत्पादनमा जोड नदिएको बजेटले मुलुकलाई समृद्ध बनाउन नसक्ने ठहर गरेको हो । त्यस्तै बैठकले बजेटले सङ्घीयतालाई आत्मसाथ गर्न नसकेको ठहर गरेको छ । बजेट जनमैत्री आउन नसकेको, विकास निर्माणको कामलाई प्राथमिकतामा नराखिएको, कार्यान्वयन हुने ‘ग्यारेन्टी’ नदेखिएको आरोप काँग्रेसको छ । बैठकले बजेटलाई स्रोत विहीन भएको टिप्पणी गर्दे यसबारे संसद्मा तार्किक बहस गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँणले बजेटले मुलुकलाई विकसित र समृद्ध बनाउन नसक्ने भन्दै वितरणमुखी मात्रै भएको बताए । त्यस्तै काँग्रेस नेता मिनेन्द्र रिजालले बजेटमार्फत सरकारले लिएको लक्ष्य सरकारले हासिल गर्नै नसक्ने बत
होटलमा मध्यराति प्रहरीको छापा, ७ जना पक्राउ

होटलमा मध्यराति प्रहरीको छापा, ७ जना पक्राउ

झापा । यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ । बुधबार राति विर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित न्यूनलाइट होटलका सञ्चालकसहित सात जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो । पक्राउ परेका सातै जनालाई आज जिल्ला अदालत झापामा म्याद थप गरी अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको थापाको भनाइ छ । पछिल्लो समय बिर्तामोड आसपासमा सञ्चालित होटल तथा लजमा अवैधरूपमा यौनजन्य गतिविधि भइरहेको भन्ने जनगुनासोका आधारमा प्रहरीले छापा मारेको थापाको भनाइ छ ।
तार्केश्वरमा वियरको बोतलले हानेर एकको हत्या, २ घाइते

तार्केश्वरमा वियरको बोतलले हानेर एकको हत्या, २ घाइते

काठमाडौँ : काठमाडौंको तार्केश्वरमा मादक पदार्थ सेवन गरी एकजनाको हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन् ।तार्केश्वर नगरपालिका-११ आनन्दपुरस्थित खाजा घरमा मादक पदार्थ सेवन गरेपछि भएको समान्य विवादले उग्र रुप लिँदा वियरको बोतल प्रहार गरेर सोही स्थान बस्ने २१ वर्षीय सागर विसीको हत्या आरोपमा रोल्पा परिवर्तन गाउँपालिका-२ घर भई हाल तार्केश्वर नगरपालिका-११ नेपालटार बस्ने २२ वर्षीय भुवन घर्तिमगरलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । वियरको बोतलले लागेर गम्भीर घाइते भएका विसीको मनमोहन अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।साथै भुवन घर्तिमगरले वियरको बोतलले प्रहार गर्दा घाइते भएका सोही स्थान बस्ने २५ वर्षीय प्रदिप डाँगी र २२ वर्षीय कमल घर्तीको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली भारत प्रस्थान

मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली भारत प्रस्थान

काठमाडाैँ, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली प्रस्थान गरेका छन् । ओली नेतृत्वको १० सदस्यीय नेपाली टोली नेपाल एयरलाइन्सको जहाजमार्फत बिहीबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेको हो । उनी आज साँझ हुने मोदीको सपथ कार्यक्रममा सहभागी हुनेछन् । त्यस्तै, भोली शुक्रबार प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ। हालै सम्पन्न निर्वाचनबाट मोदी दोस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । भारतीय प्रधानमन्त्री मोदीले बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखलाई आफ्नो सपथ कार्यक्रममा बोलाएका छन् । मोदी पहिलोपटक भारतको प्रधानमन्त्री हुँदा भने सार्क सदस्य राष्ट्रका सरकार प्रमुखलाई आफ्नो सपथ कार्यक्रममा निमन्त्रणा गरेका थिए।